LISTEN LIVE

Monday, January 17, 2011

ट्युनिसिया

राष्ट्रपतिले राजीनामा दिएपनि टुयूनिसियामा शुरु भएको हिंसा अझै रोकिएको छैन ।
आज संयुक्त गठबन्धनको सरकार बनाउने तयारी भएपनि अझै राष्ट्रपतिका सैनिकहरु र टुयूनिसिया सुरक्षा बलबीच राष्ट्रपति भवन बाहिर झडपहरु भईरहेका छन् ।
राष्ट्रपति भवन परिसरबाट राष्ट्रपति समर्थित सेनाका केहि जवानहरुले भारी गोलाबारी गरिरहेको समाचार छ ।
सडकहरुमा अझैपनि सेनाका बख्तरबन्द गाडि र अत्याधिक सेना तैनाथ गरिएकाले त्यसको जनजिबन प्रभावित भएको अन्तराष्टिय संचारमाब्ध्यमले जनाएका छन् । पर्ुव राष्टपती बेन अलिका र्समर्थकहरुका कारण अझैपनि सो क्षेत्रमा हिसा भड्कने अनुमान गरिएको छ ।
केहि दिन अघि राष्ट्रपति बेन अलि देश छोडेर साउदी अरब भागेका छन् ।

माओवादीको आपत्ती

नेपाल वाट अनमिन फर्के लगत्तै सरकार र माअेावादी वीच भएको तिन वुदे सहमतिको अपव्याख्या गर्ने कोशिस भएको भन्दै सो पार्टर्ीी आपत्ति प्रकट गरेेको छ ।
विहिवारको सहमतिमा अनमिनले गर्ने सवैकाम सेना समायोजन विशेष समितिको मातहत आएको सहमति भइसकेको अवस्थामा समितिकै केहि सदस्यहरुले नेपाली सेना अनुगमनमा नरहेको वताएपछि माओवादीले आपत्ति जनाएको हो ।
आज बिहान त्यसै विषयलाई लिएर माअेावादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधव कुमार नेपाल वीच भएको भेट्मा प्रचण्डले नेपाली सेना अनुगमनमा नरहेको भन्ने विशेष समितिका केहि सदस्यहरुको भनाई प्रति आपत्ति प्रकट गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले भेट्मा विहिवारको ३ वुदे सहमतिका वारेमा प्रधानमन्त्रीको ध्यानाकर्षा गराउनु भएको थियो । विहिवारको सहमतिको समिक्षात्मक छलफल भएको अध्यक्ष प्रचण्डले सञ्चारकर्मिलाई जानकारी दिनु भयो ।
सरकार र माओवादी वीच भएको सहमतिमा माओवादीको सातओटा शिविरमा रहेको हतियार र नेपाली सेनाको छाउनी स्थित कन्टेनरमा राखिएको हतियारको व्यवस्थापन र अनमिनले गर्दै आएको अन्य व्यवस्थापन विशेष समितिले गर्ने उल्लेख छ ।

भारतले नेपाललाई घातक हतियार दिन लागेको खुलासा

राष्ट्र संघीय मिसन अनमिन नेपालबाट विदाई भएको ४८ घण्टा पुरा नहुँदै भारतले नेपालमा घातक हतियार पठाउने तयारी गरेको खुलासा भएको छ ।
अनमिनलाई नेपालवाट वहिर्गमनका लागि भारतले माओवादी वाहेक सवै दलका नेताहरुलाई दिएको वारम्वारको दवावका कारण अनमिन नेपालको शान्ती प्रकृया वीचवाटोमै अलपत्र छाडेर र्फकनु परेको हो । भारतिय पत्रिका इन्डीयन एक्सप्रेशमा प्रकाशित आजको समाचारमा नेपाली सेनालाई लोकतन्त्रको रक्षा र बामपन्थीहरुको प्रभाबका विरुद्ध स्थापित गर्न घातक हतियार सप्लाई प्रकृयालाई निरन्तरता दिन लागेको उल्लेख गरिएको छ ।
भारतीय सरकारी श्रोतलाई उल्लेख गर्दै समाचारमा गत महिना नेपाल सरकारले गरेको औपचारिक आग्रह अनुसार केहि घातक हतियार, माइन प्रतिरोधक सवारी लगायतका युद्ध सामाग्री पठाउने तयारी भएको खुलासा गरिएको छ ।
एमाले नेतृत्वको बर्तमान सरकारले आग्रह गरे अनुसार यसअघि भारतले उपलब्ध गराएको बख्तरबन्द गाडी, गोली गठ्ठा र पुरानोर् इन्सास राइफलको सट्टा त्योभन्दा आधुनिक हतियार उपलब्ध गराउन लागेको हो ।

जनव्रि्रोहमा युवा परिचालनलाई प्राथमिकता

एकीकृत नेकपा माओवादीले शान्ति र संविधान नबने जनव्रि्रोहको लागि भन्दै बैचारिक तयारीस्वरुप आजदेखि देशव्यापी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षणको कार्यक्रमअनुसार माओवादीले आज नेवाः, ताम्सालिङलगायत विशेष व्युरोका जिल्लास्तरीय कार्यकर्ताहरुलाई काठमाडौंको भृकुटीमण्डपमा प्रशिक्षण दिएको छ ।
गोर्खाको पालुङटारमा सम्पन्न छैटौं बिस्तारित बैठकपछि केन्द्रीय समितिले तय गरेका पार्टर्ीीे आगामी रणनीतिबारे बुझाईमा एकरुपता ल्याउन कार्यकर्ता प्रशिक्षण सुरु गरिएको नेवाः राज्य समितिका सचिब नारायण दाहालले जानकारी दिनुभयो ।
माओवादीले माघ महिनाभरी आन्तरिक तयारीस्वरुप भेला, सम्मेलन, प्रशिक्षणलगायतका काम सक्ने र फागुनमा जनयुद्ध दिवसलाई शान्तिपर्ूण्ा आन्दोलनकै रुपमा मनाउने तयारी गरेको छ ।
यसैगरी चैत्र दोस्रो सातासम्म जनजीविका र जनगणन्त्रलाई जोडेर पुँजिपति, नोकरशाह र दलालविरुद्ध आन्दोलन केन्द्रित गर्ने बताइएको छ । त्यो सँगसँगै राष्ट्रिय स्वाधिनता, संघीयता, धर्मनिरपक्षता, गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने माओवादीले जनाएको छ ।
त्यसपछि प्रतिरोधात्मक जनव्रि्रोह गर्ने बताएको माओवादीले जनव्रि्रोहमा युवा परिचालनलाई प्राथमिकता दिइएको छ । वडा, गाविस, निर्बाचन क्षेत्र, जिल्ला तथा केन्द्रमा उत्पादन, विकास निर्माण तथा जनसेवाका लागि युवाहरुलाई परिचालन गर्ने माओवादीको योजना छ ।
युवाहरुलाई व्यवस्थित तरिकाले परिचालन गर्न गठन गरिएको 'युवा परिचालन व्युरो'को जिम्मा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द 'विप्लव'लाई दिइएको छ ।
प्रशिक्षण कार्यक्रममा झण्डै पाँचहजार कार्यकर्ता सहभागी थिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष मोहन वैद्य 'किरण', स्थायी समिति, पोलिटव्युरो, केन्द्रीय समिति सदस्य, सल्लाहकार तथा सभासदहरुको पनि सहभागी थियो ।

जनव्रि्रोहका लागि तयार रहन प्रचण्डको निर्देशन

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनव्रि्रोहका लागि तयार रहन पार्टर्ीीार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
जनव्रि्रोहको बैचारिक तयारीस्वरुप सुरु गरिएको देशव्यापी प्रशिक्षणको क्रममा विशेष व्युरोका जिल्लास्तरीय कार्यकर्ताहरुलाई आज काठमाडौंमा प्रशिक्षित गर्दै अध्यक्ष प्रचण्डले जनताले चाहेजस्तो शान्ति र संविधानका लागि जनव्रि्रोहको विकल्प नरहेको बताउनुभयो ।
संविधानसभामा सबैभन्दा ठूलो दल भए पनि माओवादीलाई सरकारको नेतृत्व गर्न जसरी प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेका छन्, त्यसैगरी प्रतिक्रियावादीहरुको चाहनाअनुसारको सरकार बनाउन नदिएर माओवादीले एउटा युद्ध जितेको प्रचण्डले बताउनुभयो ।
प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले जनताको चाहनाअनुसार माओवादी शान्तिप्रक्रियाप्रति प्रतिबद्ध छ भनेर ३ बुँदे सहमतिबाट पुष्टि गरेको उहाँले बताउनुभयो ।
'हामी सिंहका बच्चा हौं, भेडासँग पनि हिँड्यौं । भेंडासँग हिँड्दा हामीमा पनि भेंडाका स्वभाव सरे,' प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'यस्तै उतार चढावको बीचमा आफैलाई बदल्न हामी हाम्रा कमजोरीविरुद्ध निर्मम ढङ्गले प्रहार गर्ने कोशिस गरेका छौं ।'
उहाँले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै माओवादीप्रति जनताको आशा-अपेक्षा पूरा गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
यसैगरी बरिष्ट उपाध्यक्ष मोहन वैद्य 'किरण'ले वर्ग संर्घष्ाको रुप माओवादी भित्र पनि अत्यन्त उत्कर्षा पुगेको स्वीकार गर्दै जनयुद्ध र जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्गहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रशिक्षण कार्यक्रमको सभापति एवम् महासचिब रामबहादुर थापा 'बादल'ले समापन मन्तब्यको क्रममा पार्टर्ीी फरक बिचार हुनु सामान्य भएको बताउनुभयो । उपाध्यक्ष डा. भट्टर्राईले पार्टर्ीीे आन्तरिक जनवादअनुसार नै फरकमत राखेको महासचिब बादलको भनाई छ । फरकमतलाई पार्टर्ीीम्मान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

Tuesday, January 11, 2011

अनमिनको विकल्पबारे सुझाव दिन ६ सदस्यीय कार्यदल गठन

२७ पौष, काठमाडौं । अनमिनको अनुपस्थितिमा शान्तिप्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन मुख्य तीन दलले गठन गरेको कार्यदलले पर्ूण्ाता पाएको छ ।
६ सदस्यीय कार्यदलमा एकीकृत नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ 'प्रकाश' र वर्षान पुन 'अनन्त', नेकपा एमालेकार् इश्वर पोख्रेल र भीम रावल तथा नेपाली काङ्ग्रेसका डा. मिनेन्द्र रिजाल र डा. रामशरण महत हुनुहुन्छ । महत अस्वस्थ रहेकोले उहाँको विकल्पमा कृष्णप्रसाद सिटौलालाई राखिएको छ ।
समग्र शान्तिप्रक्रियामा सहमति बनाउन कार्यदल गठन गरिएको रिजालले जानकारी दिनुभयो ।
यसअघि माओवादी र एमालेले सदस्यहरुको नामावली दिए पनि नेपाली काङ्ग्रेसले सदस्यहरुको नामावली नदिँदा कार्यदलले पर्ूण्ाता पाउन सकेको थिएन ।
अघिल्लो साता बसेको तीन दलका शर्ीष्ा नेताहरुको बैठकले अनमिनको बहिर्गमनपछि शान्तिप्रक्रिया कसरी अघि बढाउने भन्नेबारे सुझाव लिन कार्यदल बनाउने निर्ण्र्ाागरेको थियो ।

नयाँ सत्ता समिकरणमा माओवादी र एमाले सहमत

२७ पौष, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच शान्ति र संविधान सुनिश्चित हुनेगरी नयाँ सत्ता समिकरण बनाउने सहमति भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज विहान भएको दर्ुइ दलका शर्ीष्ा नेताहरुको बैठकमा यो सहमति भएको हो ।
नयाँ सत्ता समिकरणमा सहमति भए पनि अन्य कुन कुन दललाई समेट्ने भन्नेबारे टुङ्गो लागेको छैन । नयाँ समिकरणमा अन्य दलहरुलाई कसरी समेट्ने भन्नेबारे छलफललाई जारी राख्न दुवै दल सहमत पनि भएका छन् ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सत्ता समिकरणको विषयमा छलफल भए पनि ठोस सहमति भइनसकेको पत्रकारहरुलाई जानकारी दिनुभयो । 'सत्ता समिकरणको विषयमा छलफल भयो, ठोस सहमति भइसकेको छैन,' माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो, 'छलफललाई जारी राख्छौं ।'
यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान सुनिश्चित कसरी हुन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा माओवादीका तर्फाट अध्यक्ष प्रचण्ड र बरिष्ट उपाध्यक्ष मोहन वैद्य 'किरण' तथा एमालेको तर्फाट अध्यक्ष खनाल र उपाध्यक्ष अशोक र्राईलगायत सहभागी हुनुहुन्थ्यो ।

सत्ता समिकरण बारे एमालेमा गम्भिर मतभेद

पौडेलको विपक्षमा मतदान गर्न हृवीप जारी
२७ पौष, काठमाडौं । सत्ता समिकरणका विषयलाई लिएर नेकपा एमालेलेमा गम्भिर मतभेद देखिएको छ ।
वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी शर्मा ओली पक्षले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने केन्द्रीय कमिटीको निर्णय उल्टाउन माग गरेपछि एमाले भित्रको विवाद चुलिएको हो ।
आफ्ना उम्मेदवारको विपक्षमा मतदान गरे सरकारबाट बाहिरिने कांग्रेसको धम्कीपछि नेपाल र ओली पक्षका नेताहरुले बालुबाटारमा मंगलबार छुट्टै भेला गरेर तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन र निर्णय उल्टाउन नेतृत्वलाई दबाब दिने सहमति गएका छन् ।
एक नेताका अनुसार बुधबार प्रधानमन्त्री निर्वाचन भन्दा अघि नै बैठक बोलाउन अध्यक्ष झलनाथ खनाललाई लिखित आग्रह गर्ने तयारी भइरहेको छ ।
उनीहरुले आइतबारबाट सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेकोमा आक्रोस पाखेका छन् । तर संस्थापन पक्षले भने छुट्टै भेलाको कुनै औचित्य नरहेको भन्दै पौडेलको विपक्षमा मतदान गर्ने निर्णय परिर्वतन नहुने बताएको छ ।
एमाले सचिब युवराज ज्ञवालीले यसअघि केन्द्रीय समिति बैठकले लिएको निर्णयमा पार्टी अडिग रहेको बताउनुभयो ।
‘यसअघि जे निर्णय भएको हो त्यो यथावत हुन्छ,’ सचिब ज्ञवालीले भन्नुभयो, ‘स्थायी समितिले केन्द्रीय समितिको निर्णय लागु गराउने हो, परिवर्तन गर्ने होइन ।’
पौडेलको विपक्षमा मतदान गरे सहकार्य तोड्ने कांग्रेसको धम्कीबारेको जिज्ञासामा सचिब ज्ञवालीले त्यसको कुनै अर्थ नरहेको बताउनुभयो ।
‘कांग्रेसको चेतावनीको अर्थ छैन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेको कामचलाउ सरकारबाट जति मन्त्री फिर्ता भए पनि अर्थ छैन ।’ सत्ता समिकरण बारे साझा धारणा बनाउने एमाले स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ ।
यसैबीच एमाले संसदीय दलले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा अनिवार्य उपस्थित हुन र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्न पार्टी सभासदहरुलाई हृवीप जारी गरेको छ ।
मुख्य सचेतक भीम आचार्यद्वारा जारी विज्ञप्तिमा पौडेलले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।

संविधानसभाको बैठक झण्डै ६ महिना पछि आज बस्दै

पुस, २७ काठमाण्डौं । आज झण्डै ६ महिनापछि नयाँ संविधान निमार्णकालागि दलहरु औपचारिक छलफलमा जुट्ने भएका छन् । आजबाट शुरु हुने संविधानसभाको बैठकमा दलहरुले संविधान निमार्णकालागि हुने विभिन्न छलफलमा सहभागिता जनाउने भएका हुन् ।
जेठ १४ गते थपिएको पछिल्लो एक बर्षको अवधिमा बस्ने संविधानसभाको आजको यो दोश्रो बैठक हो । दलहरुको सत्ता राजनीति र आपसी असमझदारीमानै ६ महिनाको अवधि संविधान निमार्णकालागि औपचारिक वैठक नबसिकनै सकिएको छ । थपिएको १ बर्ष मध्ये बाँकी विवादको समाधान गर्दै संविधान जारी गर्न अव ६ महिनाको समयावधी मात्रै बाँकी छ । पछिल्लो पटक गत साउन २ गते संविधानसभाको बैठक बसेको थियो ।
लामो समय सम्म संविधानसभाको वैठक बस्न नसक्नुमा मुख्य दलहरुले एक अर्कालाई आरोपित गर्ने गरेका छन् भने साना दलहरुले ठुला दललाई दोषी देखाउने गरेका छन् । आपसी आरोप प्रत्यारोपमा संविधानसभाका २७ दलले बनाएको कार्यतालिका समेत छोडिसकेका छन् ।

Thursday, January 6, 2011

दलीय स्वार्थको कारण शान्तिप्रक्रिया असफल

संयुक्त राष्ट्रसंघीय राजनैतिक मिसन अनमिनले राजनीतिक दलहरुको निजी स्वार्थको कारण नेपालको शान्तिप्रक्रिया असफल हुन सक्ने चेतावनी दिएको छ । नेपालमा जारी राजनीतिक अवस्था नसुल्भिmएसम्म खतरा बढिरहने अनमिनको चेतावनी छ ।
न्युयोर्क स्थित राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपालसम्बन्धि अन्तिम प्रतिवेदन पेश गर्दै अनमिन प्रमुख करिन ल्यानग्रेनले शान्तिप्रक्रियामा गहिरो गतिरोध उत्पन्न भएको भन्दै निष्कर्षा पुग्नेमा आशंका गर्नुभएको छ ।
एकीकृत नेकपा माओवादीले भन्दै आएको जनव्रि्रोह र सम्भावित राष्ट्रपति शासनले जनतामा त्रास फैलिएकोले यस्ता गतिविधिले शान्तिप्रक्रिया र लोकतन्त्र खतरामा पर्ने ल्यानग्रेनको भनाई छ ।
हतियार तथा लडाकु अनुगमनलाई निरन्तरता दिने निकाय गठन हुन नसक्दा अनमिन फिर्ता भएपछि के गर्ने भन्ने अन्यौल कायमै रहेको उहाँले बताउनुभयो । अनमिन फिर्ता भएपछि हतियार तथा लडाकु अनुगमनका लागि कानुनी रिक्तता उत्पन्न हुने उहाँले चेतावनी दिनुभएको छ ।
समायोजन हुने लडाकुको संख्या र निकायजस्ता प्रमुख मुद्दामा सहमति हुन नसकेको तथा पुनःस्थापना प्याकेजबारे सहमति हुन नसक्दा शान्तिप्रक्रिया थप संकटमा परेको उहाँले सुरक्षा परिषदलाई जानकारी गराउनुभयो ।
संविधान, सरकार निर्माण तथा शान्तिप्रक्रियामा केही प्रगति भने भएको उहाँको ठहर छ । दलहरुले आपसी समझदारीमार्फ् गतिरोध अन्त्यको प्रयास गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । आपसी सम्वादमार्फ् शान्तिप्रक्रियालाई निष्कर्षा पुर्याउनु पर्ने उहाँको भनाई थियो ।
शान्तिप्रक्रियाले पर्ूण्ाता नपाए पनि अनमिनले आफ्नो कार्यादेशअनुसार काम गरेको भन्दै अनमिन प्रमुख ल्यानग्रेनले सन्तुष्टि व्यक्त गर्नुभएको छ । अनमिनको म्याद पुस मसान्तमा सकिदैछ ।

अनमिनलाई फिर्ता नपठाउन मानवअधिकारवादी र द्वन्द्वविदहरुको सुझाव

मानवअधिकारवादी र द्वन्द्वविदहरुले शान्तिप्रक्रियाले पर्ूण्ाता नपाएसम्म नेपालबाट अनमिनलाई फिर्ता पठाउन नहुने बताएका छन् । सरकारले अनमिनको म्याद नथप्ने बताइरहँदा मानवअधिकारवादी र द्वन्द्वविदहरुले अनमिनको म्याद थप्न सुझाव दिएका हुन् ।
जनसन्चार अभियानले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. केबी रोकायाले संविधान निर्माण र शान्तिप्रक्रियाले पर्ूण्ाता नपाउँदै अनमिनलाई फिर्ता पठाउँदा मुलुकमा द्वन्द्व निम्तने चेतावनी दिनुभयो । अनमिनलाई नेपालबाट बिदा गरिए शान्तिप्रक्रियामा हालसम्म भएका प्रगति ध्वस्त हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शान्तिप्रक्रिया तार्किक निष्कर्षा नपुगेसम्म नेपालमा अनमिनको उपस्थिति अनिबार्य भएको डा. रोकायाको भनाई थियो ।
कार्यक्रममा द्वन्द्व विश्लेषक डा. विष्णुराज उप्रेतीले अनमिनलाई नेपालबाट फर्काएर भारतले खेल्न खोजेको बताउनु भयो । भारतको स्वार्थमा चलेका दलहरुले अनमिनलाई धपाउन खोजेको भन्दै उहाँले अनमिन फर्केपछि त्यसबाट निम्तने खतराको विश्लेषण गर्न सत्तारुढ दलहरु असक्षम भएको बताउनुभयो । विगतका सहमति पालना गर्न सम्बन्धीत पक्षले चासो नदेखाएको कारण नेपालको शान्तिप्रक्रिया जटिल मोडमा पुगेको उहाँले टिप्पणी गर्नुभयो ।
सोही कार्यक्रममा महिला नेतृ शान्ता श्रेष्ठले शान्तिप्रक्रियालाई अधुरै छाडेर अनमिन फर्काएर सत्तारुढ दलहरुले देशमा युद्ध निम्त्याउन खोजेको बताउनुभयो ।

Wednesday, January 5, 2011

क्रान्तिकारीका अध्यक्षमाथि छुरा प्रहार

सुनसरीको धरान स्थित शारदा नमुना उच्च मावि अखिल क्रान्तिकारी इकाई अध्यक्ष सन्ध्या पोख्रेललाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरी घाइते बनाएका छन् । हात, खुट्टा र टाउकोमा चोट लागेकी पोख्रेलको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दर्ुइ जना युवाहरुले धरान १६ स्थित उच्च मावि नजिकै आज दिउँसो पोख्रेललाई आक्रमण गरेका थिए । यस अघि विद्यालयको शैक्षिक अवस्था सुधार गर्न माग गर्दा उच्च मावि व्यवस्थापन समितिका पदाधिकारीहरुले आफूहरुलाई धम्की दिएको क्रान्तिकारीले बताएको थियो ।
अनेरास्ववियु क्रान्तिकारी इकाई समितिले घटनामा सम्बन्धीत व्यक्तिहरुलाई कडा कार्वाही गर्न माग गरेको छ ।