मानवअधिकारवादी र द्वन्द्वविदहरुले शान्तिप्रक्रियाले पर्ूण्ाता नपाएसम्म नेपालबाट अनमिनलाई फिर्ता पठाउन नहुने बताएका छन् । सरकारले अनमिनको म्याद नथप्ने बताइरहँदा मानवअधिकारवादी र द्वन्द्वविदहरुले अनमिनको म्याद थप्न सुझाव दिएका हुन् ।
जनसन्चार अभियानले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. केबी रोकायाले संविधान निर्माण र शान्तिप्रक्रियाले पर्ूण्ाता नपाउँदै अनमिनलाई फिर्ता पठाउँदा मुलुकमा द्वन्द्व निम्तने चेतावनी दिनुभयो । अनमिनलाई नेपालबाट बिदा गरिए शान्तिप्रक्रियामा हालसम्म भएका प्रगति ध्वस्त हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शान्तिप्रक्रिया तार्किक निष्कर्षा नपुगेसम्म नेपालमा अनमिनको उपस्थिति अनिबार्य भएको डा. रोकायाको भनाई थियो ।
कार्यक्रममा द्वन्द्व विश्लेषक डा. विष्णुराज उप्रेतीले अनमिनलाई नेपालबाट फर्काएर भारतले खेल्न खोजेको बताउनु भयो । भारतको स्वार्थमा चलेका दलहरुले अनमिनलाई धपाउन खोजेको भन्दै उहाँले अनमिन फर्केपछि त्यसबाट निम्तने खतराको विश्लेषण गर्न सत्तारुढ दलहरु असक्षम भएको बताउनुभयो । विगतका सहमति पालना गर्न सम्बन्धीत पक्षले चासो नदेखाएको कारण नेपालको शान्तिप्रक्रिया जटिल मोडमा पुगेको उहाँले टिप्पणी गर्नुभयो ।
सोही कार्यक्रममा महिला नेतृ शान्ता श्रेष्ठले शान्तिप्रक्रियालाई अधुरै छाडेर अनमिन फर्काएर सत्तारुढ दलहरुले देशमा युद्ध निम्त्याउन खोजेको बताउनुभयो ।

0 comments:
Post a Comment