LISTEN LIVE

Tuesday, January 11, 2011

संविधानसभाको बैठक झण्डै ६ महिना पछि आज बस्दै

पुस, २७ काठमाण्डौं । आज झण्डै ६ महिनापछि नयाँ संविधान निमार्णकालागि दलहरु औपचारिक छलफलमा जुट्ने भएका छन् । आजबाट शुरु हुने संविधानसभाको बैठकमा दलहरुले संविधान निमार्णकालागि हुने विभिन्न छलफलमा सहभागिता जनाउने भएका हुन् ।
जेठ १४ गते थपिएको पछिल्लो एक बर्षको अवधिमा बस्ने संविधानसभाको आजको यो दोश्रो बैठक हो । दलहरुको सत्ता राजनीति र आपसी असमझदारीमानै ६ महिनाको अवधि संविधान निमार्णकालागि औपचारिक वैठक नबसिकनै सकिएको छ । थपिएको १ बर्ष मध्ये बाँकी विवादको समाधान गर्दै संविधान जारी गर्न अव ६ महिनाको समयावधी मात्रै बाँकी छ । पछिल्लो पटक गत साउन २ गते संविधानसभाको बैठक बसेको थियो ।
लामो समय सम्म संविधानसभाको वैठक बस्न नसक्नुमा मुख्य दलहरुले एक अर्कालाई आरोपित गर्ने गरेका छन् भने साना दलहरुले ठुला दललाई दोषी देखाउने गरेका छन् । आपसी आरोप प्रत्यारोपमा संविधानसभाका २७ दलले बनाएको कार्यतालिका समेत छोडिसकेका छन् ।

0 comments: