LISTEN LIVE

Wednesday, January 5, 2011

डाबर नेपालका प्रमुख धरौटीमा रिहा

डाबर नेपालका प्रमुख उदयन गांगुली र बारामा रहेको रियल जुस कारखानाका प्रबन्धक इन्द्रनील गुप्ता धरौटीमा रिहा हुनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई पाँच करोड रुपैयाँ धरौटीमा रिहा गरेको जनाएको छ ।
नक्कली उत्पादन मिति राखिएका ७४ हजार कार्टुन जुस विगोस्वरुप यो रकम लिइएको अख्तियारका प्रवक्तार् इश्वरी पौडेलले जानकारी दिनुभयो । दुवैले आफ्नो गल्ती स्वीकारेको र थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
गएको पुस ५ गते बाराको रामपुरटोकनीस्थित डाबर नेपालको रियल जुस फ्याक्ट्रीमा अख्तियारले छापा मार्दा उत्पादन मिति फरक पारेर बजारमा पठाउन तयार पारिएका जुस फेला परेको थियो ।

0 comments: