LISTEN LIVE

Wednesday, January 5, 2011

आइसिटी एक्स्पो सुरु

काठमाडौँको भृकुटीमण्डपस्थित पर््रदर्शनीमार्गमा आइसिटी इन्फोट्रेड ब्रान्डिङ एक्स्पो आजदेखि सुरु भएको छ ।
पुस २५ गतेसम्म सञ्चालन हुने पर््रदर्शनीको सिन्धुली तोस्राम खोलाका बेदराज अधिकारी 'गोपाल' ले उद्घाटन गर्नुभयो । विसं २०४६ तिर काठमाडौँ छिरेका प्रमुख अतिथि अधिकारीले भारी बोक्दै एस एल सी सम्म पढाइ पूरा गरेका थिए ।
स्टलमा ससाना बालबालिकादेखि वृद्धवृद्धा सबैका लागि आवश्यक सामग्री राखिएका छन् । उद्घाटनलगत्तै बढेको भीडको आकर्षाको मुख्य केन्द्र कम्प्युटर, ल्यापटप र मोबाइलका विभिन्न डिजाइनमा केन्द्रित भएको छ ।
पर््रदर्शनीमा नेवारी खाना मम, समयबजी, वः, अयला - रक्सी) आदि आकर्षाको रुपमा रहेको छ ।
त्यस्तै सौर्यऊर्जाका सामग्री, सूचना प्रविधिसम्बन्धी तालिम दिने, जनशक्ति आवश्यक भएका संस्थालाई जनशक्ति उपलब्ध गराइदिने, विभिन्न प्रिन्टर, टेलिफोन सेट, जेनेरेटरल गायतका स्टल रहेका छन् ।

0 comments: