LISTEN LIVE

Tuesday, January 11, 2011

नयाँ सत्ता समिकरणमा माओवादी र एमाले सहमत

२७ पौष, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच शान्ति र संविधान सुनिश्चित हुनेगरी नयाँ सत्ता समिकरण बनाउने सहमति भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज विहान भएको दर्ुइ दलका शर्ीष्ा नेताहरुको बैठकमा यो सहमति भएको हो ।
नयाँ सत्ता समिकरणमा सहमति भए पनि अन्य कुन कुन दललाई समेट्ने भन्नेबारे टुङ्गो लागेको छैन । नयाँ समिकरणमा अन्य दलहरुलाई कसरी समेट्ने भन्नेबारे छलफललाई जारी राख्न दुवै दल सहमत पनि भएका छन् ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सत्ता समिकरणको विषयमा छलफल भए पनि ठोस सहमति भइनसकेको पत्रकारहरुलाई जानकारी दिनुभयो । 'सत्ता समिकरणको विषयमा छलफल भयो, ठोस सहमति भइसकेको छैन,' माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो, 'छलफललाई जारी राख्छौं ।'
यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान सुनिश्चित कसरी हुन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा माओवादीका तर्फाट अध्यक्ष प्रचण्ड र बरिष्ट उपाध्यक्ष मोहन वैद्य 'किरण' तथा एमालेको तर्फाट अध्यक्ष खनाल र उपाध्यक्ष अशोक र्राईलगायत सहभागी हुनुहुन्थ्यो ।

0 comments: