LISTEN LIVE

Monday, January 17, 2011

माओवादीको आपत्ती

नेपाल वाट अनमिन फर्के लगत्तै सरकार र माअेावादी वीच भएको तिन वुदे सहमतिको अपव्याख्या गर्ने कोशिस भएको भन्दै सो पार्टर्ीी आपत्ति प्रकट गरेेको छ ।
विहिवारको सहमतिमा अनमिनले गर्ने सवैकाम सेना समायोजन विशेष समितिको मातहत आएको सहमति भइसकेको अवस्थामा समितिकै केहि सदस्यहरुले नेपाली सेना अनुगमनमा नरहेको वताएपछि माओवादीले आपत्ति जनाएको हो ।
आज बिहान त्यसै विषयलाई लिएर माअेावादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधव कुमार नेपाल वीच भएको भेट्मा प्रचण्डले नेपाली सेना अनुगमनमा नरहेको भन्ने विशेष समितिका केहि सदस्यहरुको भनाई प्रति आपत्ति प्रकट गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले भेट्मा विहिवारको ३ वुदे सहमतिका वारेमा प्रधानमन्त्रीको ध्यानाकर्षा गराउनु भएको थियो । विहिवारको सहमतिको समिक्षात्मक छलफल भएको अध्यक्ष प्रचण्डले सञ्चारकर्मिलाई जानकारी दिनु भयो ।
सरकार र माओवादी वीच भएको सहमतिमा माओवादीको सातओटा शिविरमा रहेको हतियार र नेपाली सेनाको छाउनी स्थित कन्टेनरमा राखिएको हतियारको व्यवस्थापन र अनमिनले गर्दै आएको अन्य व्यवस्थापन विशेष समितिले गर्ने उल्लेख छ ।

0 comments: