LISTEN LIVE

Wednesday, January 5, 2011

बोक्सीको आरोपमा गाउँलेको यातना सहन नसकेपछि गाउँबाट विस्थापित

रामहरि गजुरेल
नुवाकोट, पुस २१ गते ।
गाउँलेले दिनानुदिन बोक्सीको आरोप लगाउँदै विभिन्न किसिमका यातना खेप्दै खाएका नुवाकोट जिल्लाको खड्गभञ्ज्याङ गाविसका एक दम्पत्ति गाउँबाट विस्थापित भएका छन् । खड्गभन्ज्याङ गाविस वडा नं. २ मजुवा रिमालगाउँका ७५ वषर्ीय डिल्लीप्रसाद रिमाल र ७० वषर्ीया शारदा रिमाललाई स्थानीय गाउँलेले बोक्सीको आरोपमा मानसिक यातना दिनेक्रम बढेपछि गाउँबाट विस्थापित भएका हुन् । आफ्ना सहोदर कान्छा भाइ हरिकृष्ण रिमाल लगायतले रिमाल दम्पत्ति लाई बोक्सीको आरोप लगाउँदै मानसिक यातना दिएको आरोप पीडितहरुले लगाएका छन् ।
गत मंसीर २५ गते राती हरिकृष्णका छोरा विरामी भएपछि रिमाल दम्पत्ति माथि बोक्सीबोक्साको आरोप लगाउँदै हरिकृष्णलगायत गाउँलेका एक समूहले ज्यान मार्ने धम्की दिनुका साथै घर जलाई दिने वताएपछि ज्यानको सुरक्षाको लागि खोल्सीबाट भागेर राजधानी काठमाडौंमा रहेको छोराको कोठामा शरण लिई बस्नु परेको रिमाल दम्पत्ति वताउँछन् । २०६४ सालदेखि रिमाल दम्पत्तिलाई आफ्नै कान्छो भाइलगायत गाउँलेहरुले भैंसीले दूध नदिए, थुन कुहिए तथा छिमेकमा कोही विरामी परेमा समेत रिमाल दम्पत्तिमाथि बोक्सीको आरोप लाग्ने गरेको पीडितले वताए । पँधेरोमा पानी थाप्ने, गोठालो जाँदा, खेत बारीमा काम गर्न जाँदा समेत गाउँलेद्वारा रिमाल दम्पत्तिमाथि पटकपटक अभद्र व्यवहार हुँदै आएको पीडितका छोरा राममणि रिमालले जानकारी दिनुभयो । चारवर्षेखि दाजुभाइको अपहेना खप्दै आएका डिल्लीप्रसादले गाउँमा सबैले आफूलाई नराम्रो दृष्टिले हर्ेने गरेको वताउँदै सहाराको लागि महिला आयोगमा उजुरी गरेको वताए ।
यसै घटनालाई लिएर महिला आयोग काठमाडौंले मंगलबार स्थलगत अनुगमन गरेको छ । आयोगकी सदस्य मोहना अन्सारी, कानुन अधिकृत कल्पना खतिवडा र जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको अनुगमन टोलीले घटनाको वास्तविकताको अध्ययन गरी फर्किएको छ । टोलीले पीडकलाई सजाँय र पीडितलाई न्याय दिलाउनका लागि जिल्लाका सम्पर्ूण्ा सुरक्षा निकाय, सञ्चारकर्मीलगायत विभिन्न मानवअधिकार सम्वन्धी संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।
आयोगले समाजमा हुने महिला विरुद्धका हरेक किसिमको हिंसालाई अन्त्य गर्नका लागि उजुरी सुन्ने र त्यसको सुनुवाई गर्ने गरेको वताउँदै मंगलबारै नुवाकोटका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भर्ुतेल र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख हरिबहादुर पाललाई भेटी पीडकहरुलाई कारवाही गर्न अनुरोध गरेको छ ।
भेटको क्रममा प्रजिअ भर्ुतेलले घटनाको दोषीहरुलाई कारवाही गरी तत्काल कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

0 comments: