LISTEN LIVE

Wednesday, January 5, 2011

सेनाको लोकतान्त्रिकरणसम्बन्धी बिस्तृत कार्ययोजना तयार

सरकारले नेपाली सेनाको लोकतान्त्रिकरणका लागि बिस्तृत कार्ययोजना तयार पारेको छ । रक्षा मन्त्रालयका सचिब नबिन घिमिरेले सेनाको लोकतान्त्रिकरणसम्बन्धी बिस्तृत कार्ययोजना आज राज्य व्यवस्था समितिको बैठकमा पेश गर्नुभएको छ ।
कार्ययोजनामा राष्ट्रपतिले सेनाको परिचालन गर्ने र विश्व विद्यालय तहका पाठ्य पुस्तकमा रक्षा सम्बन्धी बिषयलाई समेट्न सुझाव दिइएको छ ।
रक्षा सचिब घिमिरेले सेनाको लोकतान्त्रिकरणको कार्ययोजनामा मानव अधिकार, राजनीतिक प्रभावबाट टाढा राख्ने, व्यवस्थापन तह, समावेशीलगायत आठ वटा विषयलाई आधार मानिएको जानकारी दिनुभयो । उहाँले एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य वर्षान पुन 'अनन्त'ले सेनाको लोकतान्त्रिकरणको कार्ययोजना आउनु सकारात्मक भए पनि सत्तारुढ दलहरुले मात्र जस पाउने गरी बनाइएको भन्दै विरोध जनाउनुभयो । उहाँले सेनाको लोकतान्त्रिकरणमा माओवादीको भनि महत्वपर्ूण्ा भूमिका भएको भन्दै त्यसतर्फध्यान दिन आग्रह गर्नुभयो ।

0 comments: